देश
तनहुँमा नदीले बगाएर एकजना बेपत्ता

दमौली । तनहुँको व्यास नगरपालिका–७, दुलेँपानीस्थित मादी नदीले बगाएर शनिबार (साउन २४) एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१, अम्रेनीका ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उनको खोजीकार्य भइरहेको तनहुँ प्रहरीका इन्स्पेक्टर राजु अधिकारीले जानकारी दिए ।
पिकनिक गएका मध्ये तीनजना मादी नदीमा पौडी खेल्न पुगेका थिए । पौडी खेल्ने क्रममा परियारलाई नदीले बगाएको थियो । रासस
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ २१:२२
प्रतिक्रिया दिनुहोस्