
काठमाडौं । जर्मनीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गाजा सिटी कब्जा गर्ने योजनाको जवाफमा इजरायललाई सैन्य निर्यात रोक्ने घोषणा गरेको छ । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले यो योजना रातारात अनुमोदन गरेको थियो ।
जर्मन चान्सलर फ्रेडरिख मर्जले देशले गाजामा प्रयोग हुन सक्ने हतियारहरू इजरायललाई निर्यात गर्न रोक्ने घोषणा गरेका हुन् ।
यो निर्णयले जर्मनीसहितका अन्तर्राष्ट्रिय नेताहरूबाट आलोचना निम्त्याएको छ । जर्मनी लामो समयदेखि इजरायलको सहयोगी र हतियार आपूर्ति गर्ने प्रमुख देशहरूमध्ये एक हो ।
चान्सलर मर्जले भने, “इजरायलली सैन्य योजनाले वैधानिक उद्देश्यहरू प्राप्त गर्न कसरी सहयोग गर्छ भन्ने कुरा बुझ्न झन् कठिन हुँदै गएको छ ।”
हमासको ७ अक्टोबर २०२३ को आक्रमण र २०२५ को मध्य मेसम्म, जर्मनीले इजरायललाई ४२१ मिलियनड लर मूल्यको सैन्य उपकरण निर्यातलाई स्वीकृति दिएको थियो, जुन जुनमा संसदीय जवाफमा उल्लेख गरिएको छ ।
तुलनात्मक रूपमा बेलायतले इजरायललाई प्रत्यक्ष रूपमा निकै कम निर्यात गर्छ, यद्यपि बेलायतले उत्पादन गर्ने अमेरिकी जेटका पार्टपुर्जाहरू, जुन इजरायललाई बेचिन सक्ने भएकाले त्यसमाथि ध्यान केन्द्रित भएको बताइएको छ ।
बीबीसीका मध्यपूर्व संवाददाताका अनुसार, गाजा सिटी कब्जा गर्नु सम्पूर्ण क्षेत्रको पूर्ण कब्जाको पहिलो चरण हुन सक्छ ।
यसैबीच, गाजावासीहरूले थप विनाश र विस्थापनको डर व्यक्त गरेका छन् । तर उनीहरूले यहाँबाट बताएका छन् ।
इजरायलमा बन्धकहरूका परिवारले पनि सरकारले ठूलो विपत्तितर्फ डोर्याइरहेको बताएका छन् ।