site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री भन्छिन्– उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीलाई खोज्न पहल भइसक्यो
फाइल तस्बिर ।

काठमाडौं । सरकारले उत्तराखण्डको बाढीमा बेपत्ता नेपालीको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु गरिसकेको जनाएको छ ।

परराष्ट्रमन्त्री आरजु देउवाले फेसबुकमार्फत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गर्न निर्देशन दिएको बताएकी छन् ।

“...बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,” उनले भनेकी छन् ।

गत मंगलबार गएको बाढीमा जाजरकोटका कम्तीमा १३ जनासहित झन्डै डेढ दर्जन नेपाली बेपत्ता भएको आशंका गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्