देश
झापाको अर्जुनधारामा भारी वर्षा

काठमाडौं । झापामा पछिल्लो एक घण्टामा भारी वर्षा मापन गरिएको छ । अर्जुनधाराको सिस्ने वर्षामापन केन्द्रमा बिहीबार बेलुका ६:५५ बजे भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले थप वर्षा हुने सम्भावना रहेकाले ससाना खोलामा बहाव अचानक बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ १९:०४
प्रतिक्रिया दिनुहोस्