site stats
बाह्रखरी :: Baahrakhari
देश
यी सात स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण मुलुकका विभिन्न सात स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

संखुवासभाको भोटेखोला गाउँपालिका–४, वरुणस्थित कोसी राजमार्ग गएको जेठ २ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

रसुवामा पासाङल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पहिरोका कारण यही साउन १८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पूर्वपश्चिम राजमार्ग र लमजुङमा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यस्तै, रुकुम पश्चिममा जाजरकोट–डोल्पा भेरी करिडोर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ ।

देशका केही स्थानका सडकमा यातायातका साधन एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकको सूची हेर्नोस्–

wefdmg-1754546717.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्