site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयता सबलीकरणका लागि नीतिगत सुधार आवश्यक : मन्त्री न्यौपाने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयन र सबलीकरणका लागि नीतिगत सुधार आवश्यक रहेको बताएकी छन् । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनका लागि तीनै तहको समन्वय आवश्यक रहेको बताइन् ।

“संघीयताका विषयमा भइहेका टीकाटिप्पणी नीतिगत विषयमा समस्या भएको र कानुन सुधार गर्न आवश्यक छ,” उनले भनिन् ।

अन्य मुलुकको अभ्यास हेरेर संघीयतामाथि उठेका प्रश्नको समाधान खोज्ने उनको भनाइ छ । मन्त्रालयमा संघीयताभन्दा पनि सामान्य प्रशासनका विषयमा बढी चासो व्यक्त हुने गरेको पनि उनले बताइन् ।

उनले मन्त्रालयमा कर्मचारी सरुवाका विषयले बढी प्राथमिकता पाएको बताइन् । त्यसको समाधानका लागि मन्त्रालयअन्तर्गतकै शाखामार्फत संयन्त्र बनाएको उनको भनाइ छ । उनले सरुवामा भएको बेथितिमा आफूले हल खोजिसकेको दाबी गरिन् ।

मन्त्रालयमा विभिन्न विषय लिएर धाउने प्रवृति नीतिगतरूपमै अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री न्यौपानेले संघीय निजामती ऐन आउनु अगावै कर्मचारीबारे मापदण्ड बनाउने गृहकार्य सुरु भइसकेको र अन्तिम अवस्थामा रहेको पनि जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्