site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा करेन्ट लागेर मर्‍यो गैँडा
प्रतीकात्मक तस्बिर ।

चितवन । चितवनको माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।

बुधबार (साउन २१) बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

गैँडाका खाग, खुर सुरक्षित छ । कसले कुन प्रयोजनका निम्ति धानबारीमा विद्युतीय करेन्ट छोडेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । रासस

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्