site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समितिमा पद्म पाण्डेयको बयान– मैले कसैलाई धम्की दिएको छैन

काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले 'कुलिङ अफ पिरियड'को प्रावधानमा समितिले पारित गरेको विषयमा आफूले कुनै अवरोध नगरेको बयान दिएका छन् । संसदीय विशेष समितिले गरेको सोधपुछका क्रममा उनले समितिको निर्णयलाई आफूले चुनौती नदिएको दाबी गरेका हुन् । 

०८२ साउन ६ गते उनले समितिमा दिएको बयानमा उनले भनेका छन्, “समितिले पास गरेको कुरामा मैले कुनै अवरोध गरेको छैन । मैले समितिको निर्णयलाई च्यालेन्ज गरेको होइन ।”

उनले कसैलाई आफूले धम्की नदिएको पनि बताएका छन् । उनले कुलिङ पिरियडको प्रावधान हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभेटेको पनि दाबी गरेका छन् । 

“मैले कसैलाई धम्की दिएको छैन र मैले राजीनामा दिन्छुसमेत भनेको छैन ।  मैले प्रधानमन्त्रीलाई भेटेको होइन । तर, म सचिव र मुख्यसचिवको बैठकमा गएको चाहिँ हो,” उनले बयानमा भनेका छन् ।

कुलिङ पिरियडको प्रावधान नराख्न मुख्यसचिव एकनारायण अर्यालको नेतृत्व हुल बाँधेर सचिवहरू सभामुख र राष्ट्रियसभा अध्यक्षकहाँ पुग्दा पाण्डेय पनि सँगै पुगेका थिए ।

Padma-Bayan-1754391253.png

Padma-Bayan1-1754391253.png

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्