
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले बिजुलीको आवश्यकता पूरा गर्न सके हाइड्रोको पछाडि लाग्न जरुरी नरहेको बताएका छन् ।
राति र दिउँसोको बिजुलीको डिमान्ड सोलर ब्याट्रीले धान्न सक्ने स्थिति भएमा धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्ने शाक्यले बताए ।
अहिले उद्योगमा विद्युत्को खपत त्यति नरहेको शाक्यले बताए । सोलर, ब्याट्रीले साँझ, बिहानको विद्युत्को आवश्यकता पूरा गर्न सके जलविद्युत् नै भनिरहनुपर्ने अवस्था नरहेको शाक्य बताउँछन् ।
“हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमान्ड ब्याट्री र सोलारले पूरा हुन्छ भने हामी हाइड्रोको पछाडि लाग्नुपर्छ भन्ने छैन,” उनले भने “हाम्रो डिमान्ड दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्यो । हाम्रो राति त्यति बिजुली डिमान्ड हुँदैन । औद्योगिक क्षेत्रमा अहिले त्यति विद्युत् खपत छैन ।”
न्युज एजेन्सी नेपालबाट ।