site stats
बाह्रखरी :: Baahrakhari
देश
रोल्पामा पहिरो, सहिद राजमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ । परिवर्तन गाउँपालिका–५, सागुरोखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शनिबार (साउन १७) बेलुका करिब १८ः३५ बजे उक्त स्थानमा पहिरो खसेको हो । पहिरोका कारण घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्