देश
काठमाडौंमा तास खेलिरहेका सातजना समातिए

काठमाडौं । काठमाडौंमा तास खेलिरहेका सातजनालाई शुक्रबार (साउन १६) राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का ४५ वर्षीय इन्द्र श्रेष्ठसहितका व्यक्तिहरू छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का श्यामकृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इन्द्र सोही ठाउँमा बस्दै आएका थिए ।
नगद ९३ हजार ७६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०८२ १६:५६
प्रतिक्रिया दिनुहोस्