site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवासँग लामाले भने– बानियाँले अपमान गरे, सहजै बिदा हुन्नँ

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । शुक्रबार भएको भेटमा लामाले देउवलाई आफूमाथि इन्द्र बानियाँले अपमान गरेको ब्रिफिङ गरेका छन् ।

गत फागुनदेखि नै मुख्यसचिवदेखि सचिवलाई भेटेर काम नगर्न दबाब दिएको, आफू मुख्यमन्त्री भएर आउने भन्दै सरकारका काममा अवरोध गरेको, आफूसँग समन्वयको साटो सांसदहरू र संयुक्त सरकारविरुद्ध परिचालन गरेकोसहितका ब्रिफिङ उनले गरेका छन् ।

“मैले राजीनामा दिने कुरालाई ठूलो नमानेको तर अपमानित भएर बिदा हुन तयार नरहेको भनेको छु,” लामाले भने, “सभापतिज्यूले भोलि पुनः आउन भन्नुभएको छ ।”

उनले अविश्वास प्रस्तावबिनै राजीनामा गर्न आफू तयार भए पनि बानियाँले आफूसँग समन्वय नगरेर अपमान गरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्