site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेता बिहीबार (साउन १५) छलफलमा जुटेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता बालुवाटारमा छलफलमा जुटेका हुन् ।

छलफलमा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि सहभागी छन् । कांग्रेसबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका छन् । त्यही विषयमा छलफल थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्