site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा भेट्दै ओली र देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदै छ । बिहीबार (साउन १५) बिहान ११ः३० बजे बालुवाटारमा नेताद्वयबीच भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका छन् । त्यही विषयमा देउवासँग छलफल हुने सचिवालयले जनाएको छ ।

सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्