site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा मातातीर्थ आउने सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–५, महालक्ष्मीखोला र पार्टीचौरको बीचमा काठमाडौंको मातातीर्थतर्फ आउने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

मंगलबार (साउन १३) दिउँसो करिब १ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो । अविरल वर्षासँगै माटो र ढुंगासहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्