site stats
बाह्रखरी :: Baahrakhari
देश
यी आठ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
लमजुङमा पहिरोको दृश्य । तस्बिर : रासस ।

काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । कोसी, अरनिको, दशरथ चन्द राजमार्गलगायत सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बैतडीमा दशरथ चन्द राजमार्ग मंगलबार (साउन १३) बिहान करिब ०७ः५० बजेदेखि अवरुद्ध छ । पाटन नगरपालिका–४, जेउडेमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा मंगलबार बिहानदेखि दुई ठाउँमा सडक अवरुद्ध छ । अविरल वर्षासँगै चन्द्रकोट गाउँपालिका–८, तल्लोफाँटमा पहिरो खस्दा रिडी–वामी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गुल्मीमै रुद्रवेणी–वामी सडक अवरुद्ध छ । डहरे खोलामा बाढीका कारण सत्यवती गाउँपालिका–६ मा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अरू कतिपय सडक यसअघिदेखि नै अवरुद्ध छ ।

मंगलबार बिहान १० बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकको सूची हेर्नोस्–

dsfgm-1753765680.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्