site stats
बाह्रखरी :: Baahrakhari
कला
टिकटकर आयुष ‘राम नाम सत्य’मा अभिनय गर्दै

काठमाडौं । टिकटकर आयुष सिंह ठकुरीले चलचित्रमा अभिनय गर्ने भएका छन् । माइकल चन्दको निर्देशन रहने चलचित्र ‘राम नाम सत्य’मा आयुषले अभिनय गर्ने भएका हुन् । 

उनको यो डेब्यु चलचित्र हो । माइकल चन्दको निर्देशन रहने चलचित्रमा अनुबन्ध भएपछि उनले भने, “मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले राम नाम सत्यको कथा सुनेपछि यही फिल्मबाट डेब्यु गर्ने निर्णय लिएको हुँ ।” 

साउनको २९ गते बाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्र एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित रहनेछ । 

चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनील थापा, दिनेश डीसी, रवि गिरीलगायत  कलाकार यसअघि नै फाइनल भइसकेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्