site stats
बाह्रखरी :: Baahrakhari
कला
‘कमेडी दरबार’ टिमले चलचित्र बनाउँदै

काठमाडौं । केमडी टेलिभिजन शो ‘कमेडी दरबार’टिमले चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । निर्माण टिमले चलचित्र ‘क का कि की’ निर्माण गर्ने घोषणा गरेको हो । थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । 

पोस्टरमा कलाकार गौरी मल्ल, तृप्ति नाटकर, रेखा थापा र महेश त्रिपाठी छन् । 

टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायत कलाकारहरूको पनि विशेष भूमिका रहनेछ ।

चलचित्र निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा गर्नेछन् । कमेडी जनरामा निर्माण हुने चलचित्रमा निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा छन् । 

चलचित्रको पटकथा विक्की अग्रवालले लेखेका छन् । कथामा विक्की अग्रवाल, विकाश अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ ।

सुदीप बरालको छायांकन गर्नेछन् । दसैँपछि छायांकन सुरु हुनेछ । 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्