site stats
बाह्रखरी :: Baahrakhari
देश
गुल्मीमा आगलागीबाट युवतीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तु अमराईमा आगलागीमा परेर २५ वर्षीया जुना विकको मृत्यु भएको छ । धुर्कोट–५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार, मानसिक अवस्था कमजोर रहेकी जुना आफैँले आइतबार (साउन ११) बिहान घरमा आगो लगाएको थिइन् ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट तीन लाख रुपैयाँभन्दा बढीको धनमाल पनि क्षति भएको जनाइएको छ । रासस
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्