site stats
बाह्रखरी :: Baahrakhari
देश
यी चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान, मधेस र लुम्बिनीमा हावाहुरी
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आइतबार (साउन ११) भारी वर्षाको पूर्वानुमान छ । दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन देशभर साधारणतया बदली (बादल/वर्षा) रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । “देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस दिन राति पनि देशभर साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०६:२२
प्रतिक्रिया दिनुहोस्