site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरहामा गोली हानेर भारतीय नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–४, कुसण्डीबाट एक भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गरी लागुऔषधसहित पक्राउ गरेको छ ।

भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।

शनिबार (साउन १०) दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई जाँचका निम्ति रोकिएको थियो । त्यति बेला चालकले मोटरसाइकल नरोकी भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारपछि मोटरसाइकल नियन्त्रणमा लिई चालक पासवानलाई पक्राउ गरिएको डीएसपी पासवानले बताए ।

पक्राउ परेका पासवानको साथबाट प्रहरीले ५० ग्राम खैरो हेरोइन बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्