site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हाल नेपालको मुख्य दुस्मन राजतन्त्र होइन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल नेपालको मुख्य दुस्मन राजतन्त्र नभएको बताएका छन् । शनिबार (साउन १०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले उठ्ने जमर्को गरे पनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन नभएको टिप्पणी गरे । हाल दलाल पुँजीपति, बिचौलियाले देश विध्वंस बनाइरहेको उनले बताए ।

नेपालको अर्थतन्त्र, विकास प्रक्रियालाई केही मुठीभरका दलालले आफ्नो कब्जामा लिएको उनले उल्लेख गरे । हाल विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य बाधक भएको उनले जिकिर गरे ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरू, केही थोरैले नेपाल राज्यलाई विध्वंस पार्दै छन् । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएका छन् । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य बाधक भएको छ । आजभोलि साँच्चै दयनीय स्थिति छ । हामीले विधायिकातिर हेर्दा लाजमर्दो स्थिति छ । संघीय निजामती विधेयकमा के भयो छेडखानी ? सबै सांसदहरू अपमानित हुने गरी चलखेल र छेडखानी कसले गर्‍यो ? अदालत, ब्युरोकेसी, भ्रष्टाचार सर्वत्र छ । यसका विरुद्ध हामी लड्नुपर्छ । अहिले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन छैन नेपालमा । उठ्न जमर्को गरे पनि त्यो उठ्नेवाला पनि होइन । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्