site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षा विधेयक अब लामो समय अड्काएर राख्न दिँदैनौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता जनाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले शिक्षकहरूसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन सदनमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाए पनि जालझेल गरेर अहिलेसम्म प्रस्तुत नगरेको बताए । 

प्रचण्डले शिक्षा विधेयकलाई लामो समयसम्म अड्काएर राख्न आफूहरूले नदिने बताए । शिक्षकहरूले सोचेको जस्तो सबै माग पूरा गर्न नसके पनि बेइमानी हुन भने नदिने उनको भनाइ छ । 

सरकारले असार १५ भित्र सदनमा विद्यालय शिक्षा विधेयक पेस गर्ने प्रतिवद्धता जनाएको थियो । तर, हालसम्म प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको छ । —न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्