site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बहुभाषिक कविता गोष्ठी सम्पन्न

काठमाडौं । ‘सुदूरपश्चिम साहित्य समाज’ धनगढीले ‘बहुभाषिक कविता गोष्ठी’को आयोजना गरेको छ । उक्त अवसरमा विभिन्न कविहरूले आआफ्ना रचना वाचन गरे ।

उक्त अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ त्रैलोक्यमान बनेपाली ‘अगिब’, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, जनक रसिकलगायतले मातृभाषा तथा साहित्यमाथि आफ्ना विचार राखे ।

कार्यक्रममा वासुदेव पाण्डेले मानवतावादी जयपृथ्वीबहादुर सिंहका विषयमा आफ्ना धारणा राखे भने समाजका हरिकृष्ण कडायतले पनि बोलेका थिए । 

बहुभाषी कविता गोष्ठीमा खेमराज ओझा बतास (नेपाली), सागर कुश्मी (थारू), गणेश नेपाली (डोटेली), पदम राना (रानाथारू), फाल्गुणा दाहाल (नेपाली), पूर्णबहादुर मल्ल (बझाङ्गी), मिहिलाल उपाध्याय पुष्प (नेपाली) र रियल  तेज कापडी (नेपाली)ले कविता वाचन गरेको प्रज्ञा प्रतिष्ठानका चेतनाथ धमलाले जानकारी गराएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्