site stats
बाह्रखरी :: Baahrakhari
खेल
इटालीलाई हराउँदै साविक विजेता इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । इटालीविरुद्ध पहिलो सेमिफाइनलमा २–१ को साँघुरो जित निकाल्दै साविक विजेता समेत रहेको इंग्ल्यान्ड युरोपियन महिला च्याम्पियनसिप–२०२५ को फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति स्वीट्जरल्यान्डमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन मिकेले अग्यामाङ र कोल केलीले गोल गरे । इटालीकी बार्बारा बोनासियाले गोल फर्काए पनि टिमको हार टार्न सकिनन् ।

खेलमा सुरुआती अग्रता बनाए पनि इटालीले त्यसलाई कायम राख्न सकेन । इन्जुरी समयमा अग्यामाङले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काइन् । 

११९औँ मिनेटमा केलीले गरेको गोल निर्णायक बनेपछि इंग्ल्यान्डले लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले उपाधिका निम्ति जर्मनी र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि इंग्ल्यान्डले सन् २०२१ मा जर्मनीविरुद्ध २–१ को जित निकाल्दै युरोपियन महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्