देश

भक्तपुर । बसको ठक्करबाट मंगलबार (साउन ६) भक्तपुरमा पैदलयात्री ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ । बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको मयूर यातायातको बा५ख ४७८२ नम्बरको बसले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–८, इटबुचोकमा सडक पार गरिरहेका बेला श्रेष्ठलाई ठक्कर दिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका–४, मगलाछेंकी श्रेष्ठ बसको ठक्करबाट गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका निम्ति तत्काल भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी ढुण्डिराज न्यौपानले बताए ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२ १३:५६
प्रतिक्रिया दिनुहोस्