site stats
बाह्रखरी :: Baahrakhari
देश
करेन्ट लागेर महिलाको मृत्यु

राजविराज । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा आज करेन्ट लागेर एक वृद्धा महिलाको मृत्यु भएको हो । 

स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए ।  

उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो । करेन्ट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । 

यसैबीच, राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा  एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामशेवक मण्डलले जनाकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्