अर्थ व्यवसाय
नयाँ चारपांग्रे सवारी किन्न अर्थ मन्त्रालयको सहमति लिनुपर्ने

काठमाडौं । सरकारी कार्यालयले अत्यावश्यक अवस्थामा नयाँ चारपांग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमार्फत यो व्यवस्था गरेको हो ।
सार्वजनिक खर्च व्यवस्थित गर्न यो व्यवस्था गरिएको हो ।
सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तर्क्रिया जस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्ने व्यवस्था मिलाउन भनिएको छ । सम्बन्धित संस्था वा सरकारी सभाहल उपलब्ध हुन नसक्ने अवस्थामा अधिकतम मितव्ययी हुने प्रकारले कार्यक्रम आयोजना गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ १८:३९
प्रतिक्रिया दिनुहोस्