site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास थालौँ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताएका छन् । बिहीबार विद्युत् विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्ने बताए ।

"हामीले भनेको समाजवाद ऊर्जा क्षेत्रबाटै सुरु गरौँ भन्ने मेरो कुरा हो । सबै नागरिकले सहभागी हुन सक्ने गरी ऊर्जा क्षेत्रलाई अगाडि बढाउन जरुरी छ । हुनेलाई मात्र नभई नहुने नागरिकले पनि यस क्षेत्रमा आबद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, ऊर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस् । त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन," उनले भने ।

उनले ऊर्जा क्षेत्रमा विगतमा भएका कामको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए । मन्त्री खड्काले विद्युत् आयोजनाहरूमा अकल्पनीय क्षति हुने गरेकाले क्षति न्यूनीकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नभएको पनि उल्लेख गरे ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्