
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.१६ अंकले बढेको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम डेढ अर्बले घटेको छ ।
आज नेप्से परिसूचक ०.३३ प्रतिशतले बढेर २,७७०.३९ विन्दुमा बन्द भएको छ । यस्तै, ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आइतबार सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १७५ कम्पनीको सेयरमूल्य बढ्दा ७४ कम्पनीको घटेको छ । युनियन हाइड्रोपावरको सेयरमूल्य ६.१० प्रतशितले बढेको छ । सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.८१ प्रतशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड र ‘अन्य’ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसुचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.४९ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ०.५८ प्रतिशतले घटेको छ ।