देश
मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध

काठमाडौं । मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–८, भर्यातङडाँडामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मंगलबार (असार ३१) राति करिब सवा १० बजे उक्त स्थानस्थित सडकमा पहिरो खसेको थियो । पहिरोका कारण त्यहाँ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ ०९:२१
प्रतिक्रिया दिनुहोस्