site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदर्शनमा उत्रिए विद्यार्थी, प्रहरीको हस्तक्षेप

काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको (नेकपा बहुमत)निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । ‘जनपक्षीय शिक्षा ऐन’ जारीको माग गर्दै सोमबार (असार ३०) उनीहरूले प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल समेत भएको थियो । केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका विद्यार्थीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसको नेविसंघमा आबद्ध विद्यार्थीले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित सोमबारै विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेका छन् ।

काठमाडौंको कमर्स क्याम्पसअगाडि प्रदर्शनमा उत्रिएका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्