site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लिङदेनको प्रश्न– मन्त्रीका काण्ड आइरहेका छन्, राजीनामा वा बर्खास्त हुनुपर्ने होइन ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको सुशासन आयोगमाथि प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा लिङदेनले मन्त्रीहरू मुछिएको काण्ड सार्वजनिक हुँदा राजीनामा वा बर्खास्ती नभएको विषय पनि उठाए ।

“कहाँ छ हो प्रधानमन्त्रीको सुशासन आयोग ? जनताले खोजिरहेको छ । मन्त्रीहरू एकपछि अर्को काण्डमा मुछिएको सार्वजनिक भइराखेको छ । यदि नैतिकता छ भने सुशासनप्रति अलिकति प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा आउनुपर्ने हो कि होइन ? मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने हो कि होइन ?,” उनको प्रश्न छ ।

लिङदेनले राजावादीलाई तह लगायौँ भन्ने 'छट्टु स्यालको कथा' रहेछ भन्दै कटाक्ष गरे । उनले 'चिल आयो भन्ने र चल्ला टिप्ने' काम भइरहेको आरोप लगाए ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्