देश
जुम्लामा जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं । जुम्लामा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पातारासी गाउँपालिका–५, लासीबजारकी ४८ वर्षीया उर्मिला बुढासहितका व्यक्तिहरू छन् ।
उर्मिलाले सञ्चालन गरेको ओम हिमा होटेलमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (असार २७) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख २८ हजार २०० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार २८, २०८२ १९:४१
प्रतिक्रिया दिनुहोस्