site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी र वाग्मतीका केही स्थानमा तीन घण्टादेखि वर्षा
फाइल तस्बिर ।

काठमाडौं । कोसी र वाग्मती प्रदेशका केही स्थानहरूमा विगत तीन घण्टादेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । एक/दुई स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकोले आसपासका क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा  हल्का वर्षा भएको र बाँकी स्थानहरूमा बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरिएको छ । 

 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्