site stats
बाह्रखरी :: Baahrakhari
कला
रचना रिमाल ह्याम्सको आकस्मिक कक्षमा

काठमाडौं । गायिका रचना रिमालको ह्याम्स अस्पतलमा उपचार भइरहेको छ । सांगीतिक कार्यक्रममा प्रस्तुति दिन मंगलबार रुकुम पश्चिम पुगेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । 

“अहिले उहाँ (रचना रिमाल)को उपचार भइरहेको छ । इमरजेन्सी (आकस्मिक कक्ष)मा राखेर उपचार भइरहेको छ,” ह्याम्स अस्पतालका एक चिकित्सकले बाह्रखरीसँग भने, “अझै केही दिन इमरजेन्सीमा राखेर उपचार हुन्छ ।”

सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम पुगेका बेला अचानक पेट दुखेपछि उनलाई सेनाको हेलिकोप्टरले उद्धार गरेर नेपालगञ्ज ल्याएको थियो । 

नेपालगञ्जबाट थप उपचारका लागि काठमाडौं ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको हो । 

रचना केही वर्षयता सांगीतिक कार्यक्रममा व्यस्त हुने थोरै गायकगायिकामध्येमा एक हुन् । मेलामहोत्सवको सिजनमा उनी हरेक दिनजसो सांगीतिक प्रस्तुतिका लागि जिल्लाजिल्ला पुग्छिन् । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्