अर्थ व्यवसाय

काठमाडौं । प्रभु बैंक र होटेल यार्शाबीच बैंकका ग्राहक र कर्मचारीलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । होटेल यार्शा दोलखाको जिरी अवस्थित प्रख्यात होटेल हो ।
जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो अफर ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
यो सहकार्यअन्तर्गत प्रभु बैंकका ग्राहक र कर्मचारीले होटेल यार्शामा कोठामा १५ र खाना तथा पेयपदार्थमा ५ प्रतिशत छुट पाउनेछन् ।
यी छुट अफरले ग्राहकलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहयोग गर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १३:४०
प्रतिक्रिया दिनुहोस्