site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीका नेता चीन भ्रमणमा
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता चीन भ्रमणमा गएका छन् । पार्टीका उपमहासचिव एवं संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरी र पोलिटब्युरो सदस्य मोहन गौतम आइतबार चीन गएका हुन् । गौतम पार्टी अध्यक्ष माधवकुमार नेपालका सचिवालय सदस्य पनि हुन् ।

आफूहरू आउँदो शुक्रबार स्वदेश फर्कने गौतमले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । पार्टीका नेताहरूले भने उनीहरूका भ्रमण र कार्यक्रमबारे अनविज्ञता प्रकट गरे ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा (एमाले)का नेताको एक टोली पनि यति बेला चीन भ्रमणमा छ । कम्युनिस्ट पार्टीका नेताहरूलाई चीन भ्रमण पानीपँधेरोजस्तै हुुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्