site stats
बाह्रखरी :: Baahrakhari
कला
‘द ब्ल्यू लाइट’को मुख्य भूमिकामा अर्पण

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को मुख्य भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् । केही दिनअघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको चलचित्रमा अर्पण मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । 

साइकोलजिकल थ्रिलर जनरामा निर्माण हुन लागेको चलचित्रको शीर्षमध्येको एक भूमिकामा थापालाई मंगलबार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माणपक्षले जनाएको छ ।

Argakhachi Cement Island Ad

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । 

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रूपमा रमन ग्रे रहनेछन् । जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् ।

२०२५ भित्रै रिलिज हुने चलचित्रको कथावस्तु र अन्य कलाकारबारे निर्देशक चौहानले केही जानकारी दिएका छैनन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्