
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पुटिन ‘आगोसँग खेलिरहेका’ उनले बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, “भ्लादिमिर पुटिनलाई यो थाहा भइरहेको छैन कि यदि म नभएको भए रुसका साथ धेरै नराम्रो हुने थियो र मेरो मतलब साँच्चै धेरै नराम्रो । उनी आगोसँग खेलिरहेका छन् ।”
यसअघि, ट्रम्पले युक्रेनमा रुसले निरन्तर गरेको बमबारीका कारण पुटिनको आलोचना गरेका थिए । उनलाई ‘पागल’ व्यक्ति भनेका थिए ।
पुटिनलाई ‘पागल’ भन्दै उनले लेखेका थिए, “उनी बिनाकारण धेरै मानिस मारिरहेका छन् । र, म केवल सैनिकका बारेमा कुरा गरिरहेको छैन । बिनाकारण युक्रेनी सहरमा मिसाइल र ड्रोन प्रहार गरिँदै छ ।” बीबीसीबाट ।