
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । यस दिन बजार ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा बन्द भएको हो ।
मंगलबार कारोबार रकम भने घटेको छ । ६ अर्ब ५३ करोड ७८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार सात अर्ब ५८ करोड ५० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
कर्पाेरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स ग्रिन डेभलपमेन्ट बैंक र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ । यस दिन ८५ कम्पनीको सेयर मूल्य बढेको छ । १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ ।