site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदीले गुजरातमा दिएको अभिव्यक्तिप्रति पाकिस्तानको आपत्ति

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा दिएको एक अभिव्यक्तिप्रति पाकिस्तानले आपत्ति जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले यसबारे एक औपचारिक वक्तव्य जारी गरेको छ ।

पाकिस्तानले वक्तव्यमा मोदीको टिप्पणीले यसअघि नै अस्थिर क्षेत्रमा खतरनाक उदाहरण कायम गरिरहेको बताएको बीबीसीले जनाएको छ ।

Argakhachi Cement Island Ad

सोमबार गुजरातको भुजमा प्रधानमन्त्री मोदीले पाकिस्तानलाई आतंकको रोगबाट मुक्त गर्नका निम्ति पाकिस्तानका जनता पनि अगाडि आउनुपर्ने र जागरुक हुनुपर्ने बताएका थिए ।

पाकिस्तानी विदेश मन्त्रालयले यस्ता अभिव्यक्ति संयुक्त राष्ट्रसंघको चार्टरका मूल सिद्धान्तहरूको विपरीत भएको उल्लेख गरेको छ । यसले राष्ट्रसंघका सदस्य राष्ट्रका आपसी विवाद शान्तिपूर्ण तरिकाले समाधान गर्न र अन्य देशको सार्वभौमिकता वा राजनीतिक स्वतन्त्रताविरुद्ध बल प्रयोग गर्न वा त्यसको धम्की दिनबाट रोक्ने बताएको छ ।

पाकिस्तानको वक्तव्यमा अगाडि भनिएको छ, “अन्तर्राष्ट्रिय समुदायले भारतको बढ्दो आक्रमक र गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर ध्यान दिनुपर्छ । किनभने यसले क्षेत्रीय स्थिरता र दीर्घकालीन शान्तिको सम्भावनालाई कमजोर बनाउँछ ।”

सोमबार  गुजरातको भुजमा दिएको आफ्नो भाषणमा प्रधानमन्त्री मोदीले भनेका थिए, “पाकिस्तानलाई आतंकको रोगबाट मुक्त गर्न पाकिस्तानका जनता पनि अगाडि सर,  पाकिस्तानका युवाहरू अगाडि आऊ, सुख–शान्तिका साथ जीवन बाँच, चुपचाप खाना (रोटी) खाएर बस्नू, नत्र भारतको गोली त छँदै छ ।”

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्