site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल ब्युटी एकेडेमी ’आईएसएएस’ काठमाडौंमा सुरु हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्र प्रख्यात भक्ति साप्केले ब्युटी एकेडेमीको अन्तर्राष्ट्रिय ब्रान्ड इन्टरनेसनल स्कुल अफ एस्थेटिक्स एन्ड स्पा (आईएसएएस)को शाखा काठमाडौंको नयाँ बानेश्वरमा सुरु गर्ने भएकी छन् । करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन यूएई’की अध्यक्ष हुन् ।

उनको नेतृत्वमा आईएसएएसले भारत, दुबईपछि नेपाल र श्रीलंका प्रवेशसँगै ११ आउटलेट विस्तार गरेको छ । अमेरिकामा शाखा खोल्ने तयारी अघि बढाएको छ । नेपालको उदीयमान सम्भावना, सृजनात्मक प्रतिभा र दक्ष जनशक्तिको बढ्दो मागप्रतिको विश्वासका कारण नेपाल आफ्नो रोजाइमा परेको साप्केले बताइन् ।

Argakhachi Cement Island Ad

“हामी केवल स्कुल सुरु गर्दै छौँ भन्ने होइन,” साप्के भन्छिन्, “यहाँ जोसिला प्रतिभाले विश्वस्तरका तालिम, अन्तर्राष्ट्रिय प्रमाणपत्र र वास्तविक करियरको बाटो पहिल्याउन सक्नेछन् ।”

गणतन्त्र दिवसकै दिनबाट सुरु हुने आईएसएएस नेपाल शाखामा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्यास एक्सटेन्सनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय पाठ्यक्रम रहनेछन् । यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एलएपीटी (लन्डन), केएचडीए र डीएचए (दुबई) तथा टीभीईटी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।

प्राविधिक सीपसँगै आईएसएएस नेपालले सफ्ट स्किल, उच्चतम ग्राहक सेवा, व्यवसाय व्यवस्थापन एवं खुद्रा बिक्रीको ज्ञानमा पनि जोड दिनेछ । सलून, स्पा, नेल बार, ब्राइडल स्टुडियोजस्ता आफ्नै उद्यम सञ्चालन गर्न इच्छुकले उचित परामर्श र प्रशिक्षण पाउनेछन् ।

भक्ति साप्के स्वयं टाइमस् फ्यासन विक, फेस अफ इन्डिया, पुने फ्यासन विकलगायत ५० भन्दा बढी उच्चस्तरीय फेसन तथा ब्युटी इभेन्टमा हेयर र मेकअप आर्टिस्टका रूपमा सहभागी भइसकेकी छिन् । पछिल्ला १४ वर्षमा आईएसएएसबाट ९ हजारभन्दा बढी विद्यार्थी स्नातक भइ विश्वभर सफल करियर बनाइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्