
काठमाडौं । मकवानपुरमा यात्रीवाहक बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् । सोमबार (जेठ १२) बेलुका पालुङबजारनजिकै बा३ख ५९९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मकवानपुरकै गोपालीगाउँ भन्ने ठाउँबाट पालुङतर्फ गइरहेको बसले पैदलयात्रीलाई ठक्कर दिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको उनले बताए । चालक र उक्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा चारजना गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दुईजनाको मृत्यु भएको हो । बसको ‘ब्रेक फेल’ हुँदा उक्त घटना भएको उनको भनाइ छ ।
“ब्रेक लागेन, ब्रेक फेल भयो । ब्रेक फेल भएपछि चालकले बस कन्ट्रोलमा लिन सकेनन्,” एसएसपी थापाले बाह्रखरीसित भने ।