site stats
बाह्रखरी :: Baahrakhari
खेल
यी हुन् ला लिगाबाट च्याम्पियन्स लिग खेल्ने पाँच टिम

काठमाडौं । सोमबार राति सिजनको अन्तिम खेलले नतिजा पाएसँगै स्पेनिस ला लिगाबाट शीर्ष पाँचमा रहेर च्याम्पियन्स लिग छनोट हुने पाँचै टिमको टुंगो लागेको छ ।

ला लिगाबाट बार्सिलोना, रियाल मड्रिड, एट्लेटिको मड्रिड, एथ्लेटिको बिल्बाओ र भियारियालले शीर्ष पाँचमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाए ।

Argakhachi Cement Island Ad

ला लिगा च्याम्पियन बार्सिलोनाले शीर्ष स्थान ओगट्दा ३८ खेलबाट ८८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेर च्याम्पियन्स लिग छनोट भएको रियाल मड्रिडलले समान खेलबाट ८४ अंक जोडेको छ । गत सिजन ला लिगा र च्याम्पियन्स लिग च्याम्पियन बनेको रियाल यस सिजन भने उपाधिविहीन रह्यो ।

तेस्रो स्थानको रियालले ७६ अंक जोड्दै सिजनको अन्त्य गरेको छ । यस्तै, चौथो स्थानको बिल्बाओले ७० अंक जोड्दा पाँचौँ स्थानको भियारियालले पनि समान ७० अंक नै जोडेको छ ।

यस्तै, ला लिगाबाट अन्तिम तीनमा रहेर रेलिगेट हुनेमा लेगानेस, लास पाल्मेस र भालाडोलिड छन् । लेगानेस १८औँ स्थानमा सीमित रहँदा ४० अंकमात्रै जोड्न सफल रह्यो । १९औँ स्थानमा रहेको लास पाल्मेसले ३२ र पुछारको भालाडोलिडले १६ अंकमात्रै जोडेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्