site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस पदाधिकारी बैठक एक घण्टा ढिलो गरी सुरु
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । सोमबार ९ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो । आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । 

यसअघि आइतबार कांग्रेस–एमालेका शीर्ष नेताबीच यस विषयमा छलफल भएको थियो । उक्त छलफलमा सामाजिक सञ्जालमा आरोप लगाएकै भरमा आरोप पुष्टि नहुने निष्कर्ष निकालिएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्