
काठमाडौं । उदयपुरमा बलात्कार आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–४, गबुवाका २५ वर्षीय सुजन भनिने राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षकै जीवन तामाङ छन् ।
१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । शनिबार (जेठ १०) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सोही ठाउँस्थित होटेलमा उनीहरूले बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बलात्कार आरोपमा वृद्ध पक्राउ
उता, कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–५, सिमरानाका ७० वर्षीय लोकबहादुर विष्ट छन् ।
२८ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (जेठ ११) बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।