site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवाले बोलाए पदाधिकारी बैठक, गृहमन्त्री लेखकबारे के निर्णय होला ?
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखक विवादमा तानिएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सोमबार (भोलि) बिहान ९ बजेका लागि बोलाइएको बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।

उनका अनुसार, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । कांग्रेसले अहिलेसम्म गृहमन्त्री लेखकबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

Argakhachi Cement Island Ad

लेखकमाथि उठेका प्रश्नबारे बैठकको एजेन्डा रहे पनि नरहे पनि छलफल हुने एक पदाधिकारी बताउँछन् । ती पदाधिकारीका अनुसार, पार्टी मौन बस्न नसक्ने अवस्था बनेकाले बैठकपछि केही न केही धारणा औपचारिकरूपमै सार्वजनिक हुनेछ ।

“उहाँका विषयमा विवाद धेरै नै आइसकेकाले पार्टीले यसमा बोल्नुपर्छ भन्ने मुद्दा उठ्नेछ,” ती पदाधिकारीले बाह्रखरीसँग भने, “मलाई लाग्छ, उहाँलाई विवादित बनाउने गरी अनेक विषय सार्वजनिक भए पनि उहाँ भिजिट भिसा अनियमिततामा संलग्न रहेको तथ्य सार्वजनिक भएको छैन ।”

त्यसैले बैठकबाट लेखकको राजीनामाबारे निर्णय हुने सम्भावना नहरेको ती पदाधिकारीको बुझाइ छ ।

ती पदाधिकारीले भने, “अहिले गृह मन्त्रालय मातहतका एक अधिकारीमाथि छानबिन भएको हो । छानविन हुनु आफैँमा नराम्रो कुरा नभएको भन्दै त्यसको छानबिनले परिपक्वता नआउँदै आएका विवादित विषय तथ्यका आधारमा आएका हुन भनेर विश्वास गर्न सकिने अवस्था छैन ।”

ती पदाधिकारीले अगाडि थपे, “भोलि छानबिन हुँदा तथ्यले उहाँ दोषी प्रमाणित भए, उहाँलाई पनि अनुसन्धानमा तानिने नै छ, त्यसअघि उहाँको राजीनामा हुन्छ । तर, आरोपहरू राजीनामका लागि पर्याप्त हुँदैनन् ।”

त्यसबाहेककांग्रेसले भ्रातृ संस्था, सरकारको आगामी बजेटसहितका विषयमा छलफल गर्ने ती पदाधिकारीको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्