राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिए । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठक समेत डाकेको छ । पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार (जेठ ९) सर्वोच्च अदालतको आदेशपछि रास्वपाले शनिबार सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो ।
सर्वोच्चले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशलाइ सदर गरेको थियो । रासस
प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२ १६:५०
प्रतिक्रिया दिनुहोस्