site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भाजपा नेता विजय जोलीले भेटे उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतको सत्तारूढ दल भाजपाका नेता विजय जोलीले भेटवार्ता गरेका छन् ।

भाजपाको विदेश विभाग प्रमुख भएर काम गरिसकेका जोलीले सिंहसँग चाक्सीबारीस्थित निवासमा भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएको सिंहको सचिवालयले जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्